निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

बनेपा नगरपालिका सँगैको होटलमा प्रेमिका मारेर फरार युवक एक महिना पछि पक्राउ

  •   २ वर्ष अघि | १४ चैत्र २०८१, शुक्रबार,     एक्टिभ मिडिया

बनेपा/आफ्नै प्रेमिकालाई घरबाट बोलाएर होटलमा लगी मारेर फरार भएका युवकलाई नेपाल प्रहरीले छिमेकी देशको सिमानामा  भारतमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरी ल्याएको छ ।

पक्राउ गरिएका  युवक भरत बुढाथोकीले बनेपाको पाहुना घर होटलमा बोलाएर घाँटी थिचेर हत्या गरेको प्रारम्भिक बयान दिएका छन् । रामेछाप जिल्ला खाडादेवी नगरपालिका वडा नम्वर ७ स्थायी घर भई बनेपा ६ बुडोल बस्दै आएकी शर्मिला श्रेष्ठ घरबाट बेपत्ता भएको उजुरी परिवारका सदस्यले प्रहरीलाई दिएका थिए । २०८१ फागुन १५ गते साँझ ५.३० बजे मृत अवस्थामा युवती फेला परेकी थिईन् । शुक्रबार म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ । उनलाई विहिबार इलाका प्रहरी कार्यालय बनेपा ल्याएको प्रहरीले जानकारी दिएको छ । 


थप