विराटनगर: नेकपाको प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्तालको अवेज्ञा गरेको भन्दै आमाछोरीमाथि क्रुर व्यवहार भएको छ।
विराटनगरमा चियानास्ता पसलमा काम गरिरहेका एउटै परिवारका आमाछोरीमाथि बन्दकर्ताहरुले तातो तेल खन्याएका हुन। 
विराटनगर महानगरपालिका–२ मा रहेको पसल सञ्चालन गरेको भन्दै बन्द गर्न पुगेको दाहाल–नेपाल समूहका कार्यकर्ताले ४० वर्षीया बसन्ती सहनी र उनकी छोरी २२ वर्षीया वविता सहनीमाथि तातो तेल खन्याएका हुन।