काभ्रेको धुलिखेलमा मोटरसाइकल दुर्घटना हुँदा प्युठानका सुरज गिरीको घटनास्थलमै मृत्यु

  •   ९ महिना अघि | ३१ साउन २०८०, बुधबार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे । धुलिखेल नगरपालिका वडा नम्बर-३ स्थित अरनिको राजमार्गअन्तर्गत मिराबेल चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको रा ७ प ७२८८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा २ क २०१९ नम्बरको ट्रकले ठक्कर दिदा प्युठान जिल्लाको धर्मवती गाउँपालिका वडा नम्बर ७ बस्ने बर्ष २७ सुरज गिरीको मृत्यु भएको प्रहरीले जानकारी दिए ।

गिरिको शव धुलिखेल अस्पताल लगिएको छ । ट्रक सहित चालक प्रहरीले नियन्त्रणमा रहेको छ ।

थप