काठमाडौ -बुढीगण्डकी नदीमा आएको बाढीका कारण विभिन्न स्थानमा फसेका ३६ जनालाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ। बाढी प्रभावितहरूको उद्धारका लागि सेनाले ४ वटा हेलिकोप्टर र स्थलमार्गबाट विशेष फौज परिचालन गरेको थियो। सेनाले दिएको जानकारीअनुसार, बाढीको जोखिममा परेका जगत इलाकाबाट ६ जना र न्याक्फेदीबाट ९ जनाको उद्धार गरिएको छ। यसैगरी, यारु क्षेत्रमा फसेका एक शिशु र एक विदेशी नागरिकसहित ९ जना तथा पायुबाट १२ जनालाई सुरक्षित स्थानमा सारिएको छ। बाढी प्रभावित क्षेत्रमा अझै पनि जोखिम कायम रहेकाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ। नेपाली सेनाले अन्य सुरक्षा निकाय तथा सरोकारवाला निकायहरूसँगको समन्वयमा हवाई तथा स्थलगत रूपमा उद्धार अभियानलाई तीव्रता दिइरहेको जनाएको छ।
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
बुढीगण्डकीमा बाढी : नेपाली सेनाद्वारा ३६ जनाको सकुशल उद्धार
- २ हप्ता अघि | २५ असोज २०८३, आइतवार, एक्टिभ मिडिया