निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

विष्णुमतीमा कार खसेपछि महिला बेपत्ता, नेपाल प्रहरीको सक्रियतामा उद्धार

  •   १ वर्ष अघि | १२ असार २०८२, बिहिबार,     एक्टिभ मिडिया

काठमाडौ ।गत बुधबार राति करिब ११ बजेतिर काठमाडौंको टोखा नगरपालिका–६, ग्रान्डी अस्पताल नजिकैको बाटोबाट अनियन्त्रित कार विष्णुमती नदीमा खसेको थियो। कारमा सवार दाङ तुलसीपुरकी भावना ओली कारसहित बगिन्। झन्डै डेढ किलोमिटर टाढा टोखा नगरपालिका–११ स्थित बनियाटार पुल नजिक पुगेपछि नेपाल प्रहरीको साहसी टोली र स्थानीयको सक्रियतामा उनी सकुशल उद्धार भइन्।

घटनापछि चालकले आफैं हाम फालेका थिए भने भावनालाई तत्काल उद्धार गरी ग्रिनसिटी अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनको उपचार भइरहेको छ।

उद्धार कार्यमा टोखा प्रहरी प्रभागका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक (प्र.ना.नी) कपील कार्कीको नेतृत्वमा परिचालित टोलीले जोखिम मोलेर उद्धार कार्य सम्पन्न गरेको हो। वर्षा, नदीको तीव्र बहाव र अन्धकारबीच पनि नेपाल प्रहरीले देखाएको तत्परता, साहस र मानवता साँच्चै प्रशंसनीय छ।

थप