चट्याङ लागेर काभ्रेको महाभारतमा एक किशोरीको मृत्यु, दुई जना घाइते

  •   २ वर्ष अघि | ७ बैशाख २०७९, बुधबार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे : चट्याङ लागेर काभ्रेको महाभारत गाउँपालिकाकी एक किशोरीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मंगलबार साँझ चट्याङ लाग्दा महाभारत गाउँपालिका–७ स्थित केराबारीमा स्थानीय डिलबहादुर मोक्तानकी छोरी १६ वर्षीया कान्छीमाया मोक्तानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय देवीटारका सई प्रणनी देवानले जानकारी दिए। उनका अनुसार हावाहुरीसहित पानी परिरहेको बेला चट्याङ लाग्दा उनको मृत्यु भएको हो।
चट्याङ लागेर मृतक किशोरीकी आमा सञ्चमाया मोक्तान र मामा बुद्ध घलान घाइते भएका छन्। उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। चट्याङले उनीहरुको घरमा समेत ठूलो क्षति पुगेको छ।

थप