निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

काभ्रे मा जिपको ठक्कर बाट साँँगामा कार्यरत असई को मृत्यु

  •   ७ वर्ष अघि | २ फाल्गुन २०७६, शुक्रबार,    

 काभ्रे ,काभ्रेको साँगामा जिपको ठक्करबाट एक जना प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ ।

 

बनेपा नगरपालिका-१३ स्थित सडकमा बा.१९ च १३२३ नम्बरको जिपले शुक्रबार दिउँसो ठक्कर दिँदा प्रहरी चौकी साँगामा कार्यरत प्रहरी सहायक निरीक्षक तेजबहादुर गुरुङको मृत्यु भएको हो ।

 

भक्तपुरबाट पाँचखालतर्फ जाँदै गरेको जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

नवलपरासी घर भएका २४ वर्षका असई गुरुङ चार वर्षदेखि काभ्रेमा कार्यरत थिए ।

 

काभ्रेका प्रहरी प्रमुख एसपी रवि पौडेलले बाटो काट्ने क्रममा जिपको ठक्करले असई गुरुङको मृत्‍यु भएको बताए ।

थप