कृष्ण जन्मअष्टमी पारेर बनेपामा आज हजारौं कन्या पुजिदैँ

  •   ४ महिना अघि | ३ भदौ २०७९, शुक्रबार,     एक्टिभ मिडिया संवाददाता

बनेपा–‘छोरालाई काखा, छोरीलाई पाखा’ यो उखान सदियौंदेखि चल्दै आएको हो । पितृसत्तात्मक मानिने नेपाली समाजमा यो उखान कतिपय अवस्थामा सही मान्न सकिन्छ । त्यसको उदाहरण खोज्न अन्त जानै पर्दैन । सरकारी विद्यालयमा छात्राको संख्या बढी र निजी विद्यालयमा छात्रको संख्या बढी भएबाटै हामी यो उखानले कतिसम्म जरा गाडेको रहेछ भन्ने सहजै अनुमान गर्न सक्छौं ।