मिस्टर एण्ड मिस लिटल नेवा काभ्रेको उपाधि,गरिमा प्रधान पूर्विशा र सपनिमलाई

  •   ७ महिना अघि | ९ असोज २०८०, मङ्लबार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे – मिस्टर एण्ड मिस लिटल नेवा काभ्रेको उपाधि गरिमा प्रधान, पूर्विसा श्रेष्ठ र सपनिम शाक्यले पाएका छन् ।  हलिं नेवा : गुठी काभ्रे मिसा कचाको आयोजनामा सञ्चालन गरिएको मिस्टर एण्ड मिस लिटल नेवा काभ्रे जुनियर र सिनयर गरी तीन समूहमा विभाजन गरिएको थियो ।


गल्र्स सिनियरतर्फ पूर्विसा श्रेष्ठ विजेता भइन् भने कृष्मा शाही फस्ट रनर अप र रिजा शिल्पकार सेकेण्ड रनर अप भएकी छिन् । त्यस्तै गल्र्स जुनियरतर्फ गरिमा प्रधान विजयी भएकी छिन् भने प्रयश्ना मानन्धर फस्ट रनर अप र जियना मानन्धर सेकेण्ड रनर अप भएकी छिन् ।


मिस्टर एण्ड मिस लिटल नेवा काभ्रे बोइजतर्फ सपनिम शाक्य विजेता भएका  छन् भने समर्थ स्याउलाले फस्ट रनर अपको उपाधि हासिल गरेका छन् भने हृदयमणि योगल श्रेष्ठले सेकेण्ड रनर अपको उपाधि पाएका छन् । मिस्टर एण्ड मिस लिटल नेवा काभ्रेका विजेतालाई नगद रु.२५ हजार र पुरस्कारहरु र फस्टर र सेकेण्ड रनर अप उपाधि हासिल गर्नेलाई मेडल, प्रमाण–पत्र तथा विभिन्न पुरस्कारहरु वितरण गरिएको  मिस्टर एण्ड मिस लिटल नेवा काभ्रे कार्यक्रमकी अध्यक्ष विनु कर्मचार्यले जानकारी दिइन् ।


मिस नेपाल अर्थ २०२२ की डा.सरिषा श्रेष्ठ, मिस्टर नेपाल २०२३ का सेकेण्ड रनर अप कृशल श्रेष्ठ, मिस काभ्रे २०१४ की श्रृष्टि माकाजु, मिस ग्लाम इन्टरनेश्नलकी इरिना श्रेष्ठ, नारी म्यागेजिनकी श्रृजना दुवाल,  इन्द्र नारायण भैल मिस्टर एण्ड मिस लिटल नेवा काभ्रेको निर्णायक भूमिकामा थिए ।


नेवारी समुदायको कला संस्कृति र संस्कारको जर्गेणा गर्नको लागि  मिस्टर एण्ड मिस लिटल नेवा काभ्रेको आयोजना गरिएको कार्यक्रम व्यवस्थापक  रामेश्वरी मानन्धरले जानकारी दिइन् । उनका अनुसार, यस प्रकारका कार्यक्रममार्फत बालबालिकाहरुले आफ्नो कला संस्कृतिको जानकारी प्राप्त गरेका छन् । यसका साथै उनीहरुभित्र भएको प्रतिभा पनि प्रस्फुटन भएको कार्यक्रम संयोजक मनिसा श्रेष्ठले बताइन् ।

साभार

थप