नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बनेपा नगर अध्यक्षमा लेखनाथ न्यौपाने

  •   २ वर्ष अघि | २७ भदौ २०७९, सोमवार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे । बनेपा नेपाल ट्रेड युनियन महासंघ( जिफन्ट)बनेपा  नगर कमिटीको प्रथम अधिबेशन बाट लेखनाथ न्यौपाने अध्यक्षमा चयन भएका छन् ।

 यहि भाद्र २५ गते बनेपा –१० उग्रतारा भवनको को सभाहलमा अधिवेशन  सम्पन्न भएको छ । 

अधिबेशनको उद्घाटन नेकपा एमाले बाग्मती प्रदेशका ट्रेड युनियन ईन्चार्ज एबं मजदुर नेता उद्दब केसीले मैन दिप प्रज्वलन गरी गर्नु भएको थियो। 

कार्यक्रमका प्रमुख अतिथि  उद्घव केसीले श्रमिकहरु सँग युनियन,महासंघ र पार्टीको ३ वटा कार्ड अनिवार्य हनु पर्ने र स्थानिय तहमा श्रम डेस्क मार्फत श्रमीक पंिजकरणमा जोड दिनु पर्ने कुरा बताउनु भएको थियो ।

भने कार्यक्रमका विशेष अतिथी नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बाग्मती प्रदेस अध्यक्ष रामहरि नेपालले जिफन्टको आठौं महाधिवेशनबाट पारित निति तथा कार्यक्रमको बारेमा बताउनु भएको थियो । कार्यक्रमका अतिथीहरु नेकपा एमाले काभ्रे जिल्ला अध्यक्ष असोक ब्यन्जु, पार्टी जिल्ला कमिटी सदस्यहरु बिमला दाहाल,हरिशरण दाहाल,रत्नकुश रन्जितकार, बिदुर खत्री, जिफन्ट बाग्मती प्रदेस सदस्यहरु गोपाल कार्की, बल बहादुर लो,शान्ती कार्की, मोहन गजुरेलले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

अधिबेशनले अध्यक्ष लेखनाथ न्यौपाने,उपाध्यक्ष हिरालाल श्रेष्ठ,सचिव श्याम सापकोटा,सहसचिव चन्द्रमाया श्रेष्ठ र सदस्यहरु सिर्जना कुवर,कुमार श्रेष्ठ, भवानी केसी रहेको ७ सदस्यीय कमिटी निर्विरोध निर्वाचित गरेको छ ।

थप