जिवित फाउन्डेसनको आयोजनामा धुलिखेलमा एक महिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

  •   २ वर्ष अघि | २० भदौ २०७९, सोमवार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे/ धुलिखेल नगरपालिकामा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जीवित फाउन्डेसनको आयोजनामा, धुलिखेल नगरपालिकाको समन्वय तथा बनेपा हेल्थ केयरको प्राविधिक सहयोगमा धुलिखेल नगरपालिकाको १२ वटा वडाको १३ वटा स्वास्थ्य चौकीहरूमा निःशुल्क महिला, स्त्रीरोग तथा बाझोपन सँग सम्बन्धित शिविर सञ्चालन गरिएको छ ।

शिविर बाट कुल ४ सय ४५ जना लाभान्वित भएको जीवित फाउन्डेसनका अध्यक्ष  जितेन्द्र थापाले जानकारी दिनुभयो  । 

सेवा लिएकाहरू मध्ये १ सय १५ जनाको ट्याप स्नेयर टेस्ट गरिएको थियो।

 ८३ जनामा सङ्क्रमण पाइएको  छ । सङ्क्रमित हरुको उपचारको लागि अस्पतालसँग समन्वय गरिएको छ । साउन ४ गते बाट सुरु भई भाद्र ९ गते सम्म क्याम्प सञ्चालन भएको थियोे । धुलिखेल नगरका उप प्रमुख नीराजन जंगमले क्याम्पबाट नगरका महिलाहरू लाभान्वित भएको बताउँदै आगामी दिनमा यो अभियानलाई निरन्तरता दिन फाउन्डेसन लाई आग्रह समेत गर्नुभएको थियोे ।


सञ्चालनमा आएको छोटो समयमा नै जीवित फाउन्डेसनले स्वास्थ्य, शिक्षा लगायतको क्षेत्रमा सामाजिक कार्यहरू गर्दै आइरहेको छ ।

थप