काभ्रे । बनेपा नगरपालिका वडा नं १० स्थित महिन्द्रा दुगड बर्दश एण्ड सन्स सर्भिस सेन्टरको आधिकारिक डिलरको आज बनेपा नगरपालिका प्रमुख लक्ष्मि नरहसिंह बादेले रिवन काटेर उद्घाटन गर्नुभयो ।
महिन्द्रा सर्भिसको लागि बनेपाको आधिकारिक डिलर जयराम गिरिले पाउनुभएको छ। सर्भिस सेन्टर शिफा नेशनल अटो वर्कशपले आधुनिक प्रविधिबाट गाडीको चेक जाँच तथा मर्मत गरि राम्रो सेवा दिने जयराम गिरीले बताउनुभयो ।
गाडी सफा गर्ने सुविधा रहेको सिफा नेशनल अटो वर्कशपले आफ्ना ग्राहकहरुलाई सहज होस् भन्ने उद्देश्यले सर्भिस सेन्टर स्थापना गरेको हो ।अन्य सर्भिस सेन्टरमा जस्तै यसमा पनि सातै दिन तथा २४ सै घण्टा सर्भिस सेवा उपलब्ध हुनेछ । कुनैपनि स्थानमा गाडी बिग्रेमा सोही स्थानमा गई गाडी मर्मत गर्ने सुविधा पनि दिइने निर्देशक जयराम गिरिले एक्टिभ मिडिया नेपाल डटकमलाई जानकारी दिनुभयो।
यसको प्रोपराइटर जयराम गिरि र इम्तिहाज मल्लिक रहेका छन्।
उद्घाटन गर्ने क्रममा महिन्द्रा दुगड का कम्पनी प्रतिनिधि ,वडा नं ११ का वडा अध्यक्ष शिव कुमार थापा ,काभ्रे उद्योग वाणिज्य संघका महासचिव रविन्द्र वैदार , व्यवसायी समाजसेवी रत्नकुश रन्जित , नवराज मानन्धरको उपस्थिति थियो।
महिन्द्रा दुगड सर्भिस साझा पेट्रोल पम्प अगाडि समर प्यालेस जाने बाटो, जनगाल चोकमा रहेको छ। महिन्द्रा कम्पनीले उत्पादन गरेका सम्पूर्ण गाडीहरु सरल र सुलभ ढङ्गबाट उपलब्ध गराइने छ।
यो सर्भिस सेन्टरमा नेपाल भरि जुनसुकै क्षेत्रबाट गाडी बिग्रिएमा पनि तपाईंहरुले सम्पर्क गर्ने सक्नुहुनेछ ।
जुनसुकै वेला सर्भिस उपलब्ध गराउने छौ।
सम्पुर्ण अरु गाडीहरुको पार्टस् पनि यहाँ उपलब्ध हुनेछ।
तपाईहरुलाइ उहाँको सम्पर्क नम्बर आवश्यक परेमा 9843370545,9851011685 निम्न नम्बरमा सम्पर्क गरि सम्पुर्ण जानकारी लिन सक्नुहुनेछ ।
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
महिन्द्रा दुगड गाडीको सर्भिस सेन्टर बनेपामा - उद्घाटन गर्दै "बनेपा नगर प्रमुख लक्ष्मि नरहसिंह वादे"
- ५ वर्ष अघि | २७ मंसिर २०७८, सोमवार,