निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

बेथानचोक गाउँपालिकाको आफ्नै प्रशासकीय भवन

  •   २ वर्ष अघि | २९ असार २०८१, शुक्रबार,     मणिराम दाहाल

बेथान्चोक/स्थानीय सरकार संचालन भएको ७ वर्ष पछि बेथान्चोक गाउँपालिकाले आफ्नै प्रशासकीय भवनबाट सेवा प्रारम्भ गरेको छ ।

बिहिबार असार २७ गते एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष भगवान अधिकारीले भवनको उद्घाटनसँगै सेवा प्रारम्भ गरे । नयाँ भवनबाट पहिलो निर्णय स्वास्थ्य सम्वन्धि विषयमा गरेका गाउँपालिका अध्यक्ष अधिकारीले बेथान्चोक गाउँपालिकाले राज्यको साधन, श्रोतको अधिकतम सदुपयोग गर्दै नयाँ भवनबाट नागरिकहरुलाई सहज र सरल रुपमा सेवा प्रारम्भ गर्ने प्रतिवद्धता ब्यक्त गरे । राज्यको पुर्नसंरचना पछि च्याम्राङबेशी, ढुंखर्क, चलाल गणेशस्थान, च्यासिंङ्गखर्क र खहरेपाँगु गाउँ पाँचवटा गाउँ विकास समितिहरुको एकिकरण पछि बनेको बेथान्चोक गाउँपालिकाले सामुदायिक भवनबाट बार्षिक ५ लाख रुपैया भाडा दिदै सेवा उपलब्ध गराउँदै आएको थियो ।

निरन्तरको प्रयास र छलफल पछि दोश्रो पटक भएको स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधिहरुले पहिलो वर्षमा नै आफ्नै प्रशासकीय भवनबाट सेवा उपलब्ध गराउने घोषणा गरेका थिए । ‘आफ्नै प्रतिवद्धतालाई पछ्याउँदै गाउँपालिकमा स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयोजनका लागि निर्माण भए पनि उक्त भवन स्वास्थ्य सेवालाई आवश्यक नहुने भए पछि प्रशासकीय भवनका रुपमा प्रयोगमा ल्याएका हौं’–अध्यक्ष भगवान अधिकारीले भने–‘स्वास्थ्य सेवाका लागि यस अघि संचालन भईरहेको बर्थिङ्ग सेन्टरको निरन्तरता, आधारभुत अस्पतालका लागि वडा नम्वर ४ मा निर्माण भईरहेको गुम्बुडाँडाको भवनलाई प्रयोगमा ल्याउने छौं । वडा नम्वर ३ मा रहेको धुलिखेल अस्पताल तथा हरेक वडाहरुमा रहेका स्वास्थ्य संस्था मार्फत सेवालाई प्रभावकारी बनाउने छौं ।’

गाउँपालिका अध्यक्ष भगवान अधिकारीले प्रशासकीय भवनका रुपमा प्रयोगमा ल्याएका भवनमा आवश्यकताका आधारमा संरचनाहरु थप गर्दै लैजाने बताए । ‘प्रशासकीय भवनमा आवश्यक पर्ने केहि शाखाहरुको ब्यवस्थापन तथा सभा हल निर्माणका लागि क्रमशः ब्यवस्थापन गर्दै जाने छौं’–अध्यक्ष अधिकारीले भने–‘दुई तल्ला भवनमा तत्कालका लागि आवश्यक पर्ने सबै संरचनाको ब्यवस्थापन गरिएको छ ।’ मुख्य सडकमार्गबाट नजिकै रहेको उक्त भवन आसपास भविश्यसम्म आवश्यक पर्ने पार्किङ्ग, बगैचा तथा सभा हल लगायतका अन्य संरचना निर्माणका लागि थप जग्गा ब्यवस्थापनका लागि पनि पालिकाले पहल शुरु गरेको छ ।

थप