भुम्लुका नागरिकलाई लोक सेवा तयारी कक्षा सञ्चालन गरिने

  •   २ वर्ष अघि | १ पुस २०७८, बिहिबार,    

काभ्रे । जिल्लाको भुम्लु गाउँपालिकाले लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । लोक सेवा तयारी गर्दै गरेका नागरिकले गाउँपालिकाले लोक सेवा अभिमुखीकरण तालिम सञ्चालन गर्न लागेको गाउँपालिकाले जनाएको छ ।
पुस ११ देखि २० गतेसम्म अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्यालले जानकारी दिए । उनका अनुसार प्रशासन सेवा सहायक ४ र ५ तहको प्रथम प्रश्नमा आधारित अभिमुखीकरण दिइनेछ । अभिमुखीकरण तालिममा सहभागी हुन भुम्लु गाउँपालिकाका स्थायी नागरिक हुनु पर्छ ।
अभिमुखीकरण तालिममा सहभागी हुन चाहानेले एक प्रति फोटो, नेपाली नागरिकताको प्रतिलिपी प्रमाणपत्र, विवाहित  महिलाले विवाह दर्ताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रतिलिपी प्रमाण पत्र र बसाँईसरी आएकाले बसाँई सरेको प्रतिलिपी प्रमाण पत्र बुझाउनु पर्नेछ ।

थप