रोशीको प्रशासकीय भवन शिलान्यास

  •   २ वर्ष अघि | ४ माघ २०७८, मङ्लबार,    

काभ्रे :  जिल्लाको रोशी गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास भएको छ ।
गाउँपालिकाको बन्न लागेको नयाँ भवन सोमबार गाउँ पालिका अध्यक्ष डिबि लामाले शिलान्यास गरिएको हो । नयाँ बन्न लागेका भवन निर्माणको लागि कुल ५ करोड ५६ लाख १४ हजार ६ सय ८९. ६८ भ्याट सहित रकममा टेन्डर भएर निर्माण हुने गाउँपालिका अध्यक्ष डिबि लामाले बताए ।
भवन निर्माणको लागि कैसिल बस्नेत, कायस्था, भगवती जेबि निर्माण कम्पनी लाई परेको उक्त टेन्डर २०७८ मङ्सिर २८ गते सम्झौता भएर २०८१ जेठ ३२ भित्र निर्माणको काम सकिने गरि गाउँपालिका र निर्माण कम्पनी संग सम्झौता भएको अध्यक्ष लामाले बताए । गाउँपालिकाको बन्न लागेका नयाँ भवन शिलान्यासमा लामाहरुले बिधिवतरुपमा पुजा पाठ गरिएका थियो । सोमबार भएको भवन शिलान्यासमा गाउँ पालिका उपाध्यक्ष लक्ष्मी बर्तौला, प्रमुख प्रशसकिय अधिकृत राम बहादुर तामाङ, वडा अध्यक्ष, विभिन्न शाखाका प्रमुख हरु लगायत कर्मचारी हरुको उपस्थिति रहेको थियो ।

थप