रोशी गाउँपालिकाले अब नयाँ भवनबाट सेवा दिने

  •   २ वर्ष अघि | २३ मंसिर २०७८, बिहिबार,    

काभ्रे । जिल्लाको रोशी गाउँपालिकाले अब नयाँ भवनबाट सेवा दिने भएको छ । गाउँपालिकाको नयाँ भवन वडा नम्बर ७ को चालिसेमा निर्माण गरिएको छ । उक्त स्थानबाटै अब गाउँपालिकाले सेवा प्रवाह गर्ने गाउँपालिकाले जनाएको छ ।
यहि मंसिर २७ गते सोमबारदेखि नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम थापाले जानकारी दिए । उनका अनुसार
नयाँ ठाउँबाट सेवा प्रवाह गर्न लागिएकाले गाउँपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा दुई दिनका लागि बन्द हुनेछ ।
पालिकाले आज एक सूचना जारी गरेर २४ गते शुक्रबार र २६ गते गाउँपालिकाबाट प्रवाह हुने सेवा बन्द हुने जनाइएको छ ।

थप