लैङ्गिक हिंसा न्यूनिकरणका लागि भुम्लुमा सचेतनामूलक कार्यक्रम

  •   २ वर्ष अघि | २३ मंसिर २०७८, बिहिबार,    

काभ्रे – हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान नेपालमा पनि मनाइँदै छ ।
‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथमा विभिन्न सचेतनामूलक कार्यक्रम यस दिवसको अवसरमा भइरहेका छन् । त्यस्तै जिल्लाको भुम्लु गाउँपालिकाले पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
गाउँपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक इकाइको आयोजनामा सचेतनामूलक र्‍याली सहितको कार्यक्रम सञ्चालन गरिएको हो । गाउँपालिकाकी उपाध्यक्ष कल्पना श्रेष्ठको प्रमुख आतिथ्यतामा सचेतनामूलक र्‍याली सहितको कार्यक्रम सञ्चालन गरिएको थियो ।
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, नेपाल प्रहरी, स्थानीय महिलाहरुको सहभागीता रहेको थियो ।

थप