हिडेर बनेपा हस्पिटल आएको व्यक्तिको निधन 

  •   ३ वर्ष अघि | १६ असोज २०७८, शनिबार,    

काभ्रे । काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका वडा नं ९ मा रहेको बनेपा हस्पिटलमा भक्तपुर पंलासे बाट हिडेर आएको एक महिलाको निधन भएको छ।

मृतक मेनुका थापा लाई सामान्य टाउको दुखेर हस्पिटल लेराइएको मृतकका आफन्त गंगा बस्नेत ले जनाउनु भएको छ। मृतक महिलाको ६ बर्ष को एक जना छोरी रहेकी छिन् ।
मृतको श्रिमान भर्खरै वैदेशिक रोजगार बाट फर्कनुभएको हो।

हस्पिटल ले कुनै पनि प्रतिक्रिया जनाएको छैन । अहिले हस्पिटल र मृतक पक्ष को बार्ता भईरहेको छ। आफन्तका अनुसार यो हत्या हुन सक्ने भनाइ छ।

थप