अमेरिकन आइडलको टप २० मा नेपाली युवक दिवेेश

  •   ४ वर्ष अघि | २४ चैत्र २०७६, सोमवार,    

अमेरिकन आइडलमा आफ्नो उत्कृष्ट प्रस्तुती दिदैँ आएका नेपाली ठिटो दिवेश पोखरेलले आफूलाई टप २० मा सुरक्षित गरेका छन् । आइतबार प्रशारण भएको एपिसोडबाट उनी टप २० मा सुरक्षित भएका हुन् ।

‘अर्थर गन’को नामबाट परिचित दिवेशले हरेक प्रस्तुतीमा जजबाट ‘स्ट्यान्डिङ अवेशन’ पाइरहेका छन् । अडिसनदेखि टप २० मा प्रवेश गर्नको लागि दिएको प्रस्तुतीमा पनि उनले जजबाट उत्कृष्ट प्रतिकृया पाएका छन् । दिवेशले टप २० प्रवेश गर्नको लागि बब मार्लीको गीतमा प्रस्तती दिएका थिए । हजारौ दर्शकको उपस्थितीमा उनले आफ्नो धमकेदार प्रस्तुती दिएका थिए । उनको प्रस्तुती हेर्न उनको परिवार पनि त्यहाँ उपस्थित थिए ।

टप २० छान्नको लागि जजलाई निकै सकस परेको थियो । तर, दिवेशलाई टप २० मा लग्न केही सोच्नु नपरेको जजहरुले बताएका छन् । दिवेशलाई टप २० मा छान्दै गर्दा जजले भनेका थिए, ‘तिमी उदाउँदो तारा हौ ।’ आफू टप २० मा परेकोमा दिवेश निकै खुसी छन् । आफ्नो सपनाहरु झन नजिक हुदैँ गएको उनको भनाई छ । उनले आफूलाई टप २०को लायक देखेकोमा जजहरुलाई धन्यवाद दिएका छन्

थप