पर्यटनको प्रचुर सम्भावना रहेको काभ्रे भिमसेनको लागि मन्त्री हुमगाईको पहलमा १० लाख बजेट

  •   ९ महिना अघि | ३ चैत्र २०७८, बिहिबार,     मणिराम दाहाल

काभ्रे। काभ्रे भिमसेन मन्दिर को व्यवस्थापन तथा निर्माणका बागमती प्रदेश सांसद तथा कृषि तथा पशुपंछी मन्त्री  बसुन्धरा हुमगाईको पहलमा  १० लाख  बजेट विनियोजन भएको छ।


काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका वडा नं ३ प्राकृतिक हिसाबले मनोमहक क्षेत्र अन्तर्गत पर्दछ।

बनेपा नगरपालिका बाट ९ किलोमिटर को दुरीमा पर्ने पर्यटकीय क्षेत्र काभ्रे भिमसेन मन्दिर १०० बर्ष अगाडिदेखि को इतिहास बोकेको एक धार्मिक क्षेत्र हो।


यो क्षेत्र पर्यटनको प्रचुर सम्भावना रहेको क्षेत्र अन्तर्गत पर्दछ। यस क्षेत्रबाट देखिने सर्वोच्च शिखर सगरमाथा ,पाचँखालको फाट, धुलिखेल को डाडाँ,काशिभञ्जाङको सौर्न्दर्य ,बासुकि नागको इतिहास,हरियाली डाडा पाखाले कसको मन मोहित नहोला र यस ठाउँमा जानको लागि नगरकोट बाट ३ किलोमिटर , धुलिखेल टंनचोक हुँदै जाने बाटो , पाचखालबाट अनैकोट हुदै पनि यस काभ्रे भिमसेन मन्दिर आउन सकिन्छ ।


यस क्षेत्रको समग्र विकासका लागि मन्त्री हुमगाईले बजेट पारेर समग्र बनेपा नगरपालिकाको मुहार यस ठाउँको विकास गर्ने जरुरी रहेकाले आफुले पहल गरेको मन्त्री हुमगाईले बताउनुभयो ।

यहाँको जनतालाई देखाइएको समृद्धिको सपना यहिको उत्पादनले सम्भव छ।

यस क्षेत्रमा कृषि उत्पादन पनि धेरै राम्रो हुन्छ , मुख्य बालिको रुपमा अालु खेतिले मनग्गे आम्दानी गर्ने सकिन्छ ।

थप