सांसद चन्द्र लामाको पहलमा नमोबुद्ध वडा नं १ मा खानेपानी 

  •   २ वर्ष अघि | २० फाल्गुन २०७८, शुक्रबार,    

काभ्रे । नमोबुद्ध नगरपालिका वडा नं १ मथुरा पार्टीमा खानेपानीको समस्या हट्ने भएको छ।
ढुङ्गेपानी  खाने पानी  उपभोक्ता समिति  लाई  वडा कार्यलयबाट तीन लाख , नमोबुद्ध नगरपालिकाबाट थप दुई लाख र प्रदेश सांसद चन्द्र लामा को पहलबाट सात लाख बजेट विनियोजन हुने भएपछि गाउँमा खानेपानीको समस्या हट्ने भएको छ।

वडा नं १ मा सबै घरधुरी लाई खानेपानी उपलब्ध गराउनको निमित्त प्रदेश सांसद चन्द्र लामाले मिहिनेत गरिरहेका छन्।
वडा नं १ का बासिन्दा हरु घर घर मा धारा आउने भएपछि निकै नै खुसि देखिएका वडा नं १ का ढुङ्गे पानी उपभोक्ता समितिका अध्यक्ष रविन्द्र सत्यालले बताउनुभयो ।

थप