काङ्ग्रेस बनेपा ११ नं वडा समितिले खेलेको देउसीभैलो को पैसा असायलाई  सहयोग गर्ने  घोषणा

  •   २ वर्ष अघि | २० कार्तिक २०७८, शनिबार,    

काभ्रे । बनेपा नगरपालिका वडा नं ११ मा काङ्ग्रेस वडा समितिले देउसी भैलौ कार्यक्रम गरेको छ।
चाडपर्व हरुलाई संरक्षण गर्ने र धर्म संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले देउसी भैलो कार्यक्रम गरेको वडा सभापति राजेन्द्र थापाले जानकारी दिनुभयो।
देउसी भैलौ वडा भरि गरेर ६ जनाको घरमा खेलिएको थियो।
देउसी खेलिएका घरहरु मध्ये नेकपा एमाले ११ नं वडा सदस्य सिताराम थापा ,  रिपु मर्दन अधिकारी ,रामेश्वर बानिया ,सुदर्शन मान्नधर,निर्मल पान्डे,कान्छा गौतम,गोबिन्द बहादुर थापा रहनुभएको छ।

देउसी भैलो कार्यक्रम लाई रमाइलो र संस्कृति झल्काउने हिसाबले कलाकार हरु पनि उपस्थित हुनुहुन्थ्यो ।गायक सुमन गौतम,गोकुल बस्नेत ,मदन गौतम,मन्जु थापा,भवानी दाहल,सरस्वती गौतम,सिता गौतम
नृत्यमा जस्मीना थापा,सन्ध्या तिमल्सिना र मादल बजाउने,राम थापा,सुरेन्द्र अधिकारी  नेत्र दाहाल ले बजाउनु भएको थियो।
देउसी भैलो बाट जम्मा रु १८०९२५ भएको रकमले एकल महिला ,पुरुष अशक्त,जेष्ठ नागरिक,अति न्युन अबस्था भएकालाई सम्मान तथा सहयोग गरिने वडा सभापति राजेन्द्र थापाले बताउनुभयो ।

थप