निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

युवा नेता सुजन जंग रायमाझीले मानव सेवा घरमा असायहरुसंग मनाए जन्मदिन

  •   ३ वर्ष अघि | ४ माघ २०८०, बिहिबार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे ।नेकपा एमालेको भातृ संगठन युवा संघ काभ्रेका नेता सुजन जंग रायमाझीले  आफ्नो जन्मदिनको अवसर पारेर धुलिखेल १२ शंखुमा रहेको मानव कल्याण समाजको सेवा घरमा असायहरुलाई खाना खुवाएर मनाएका छन् ।

  रायमाझीले सेवा घरका लागि ११ हजार ५ सय ५५ रुपैया नगद सहयोग गरेका छन् । उनी युवा संघका खेलकुद विभागका प्रमुख तथा युवा संघका सचिवालय सदस्य पनि हुन । उनले यस अघि पनि विभिन्न सामाजिक कार्य गर्दै आएका छन् ।

मानव कल्याण समाजको सेवा घरमा बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटाले सडकमा भएका मानवहरुलाई संरक्षण दिएर गरेको मानवकल्याणको योगदानलाई नगरपालिकाले कदर गरेको बताईन् ।  सेवा घरमा हाल ८५ जना सडक मानवहरु आश्रित छन् । 

थप