नाला उग्रचण्डी भगवती मन्दिरको पुनः निर्माण हुने

  •   २ वर्ष अघि | १६ भदौ २०७९, बिहिबार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे । बनेपा नगरपालिका वडा नं ४ मा रहेको उग्रचण्डी नाला भगवती मन्दिरको पुन: निर्माणका लागि आज शिलान्यास गरिएको छ।

२०७२ सालको विनाशकारी भुकम्पका कारण मन्दिर पुर्व तिर ढल्किएको र मन्दिर को संरचनामा क्षति नपुर्‍याउन पुरातत्त्व विभागले मन्दिर पुनः निर्माणका लागि आज शिलान्यास गरेको हो।

१६ औं शताब्दीमा निर्माण भएको नाला उग्रचण्डी भगवती मन्दिर चार तले रहेको थियो ।

नेपालका चार प्रख्यात भगवती मध्य नाला उग्रचण्डी भगवती मन्दिर मल्लकालिन मन्दिर हो। यो मन्दिर कलात्मक हिसाबमा बनेको छ।

यहाँ विभिन्न किसिमका कला ढाचा मा निर्माण भएको मन्दिर पुनःनिर्माण गर्दा पनि पहिले कै ढाचामा निर्माण हुने पुरातत्त्व विभागका शिभिल इन्जिनियर मोहन सिं लामाले बताउनुभयो ।

पुरातत्त्व विभागले पुरानै ढाचामा मजबुत तरिकाले दुई बर्षमा निर्माण सम्पन्न गर्ने उद्देश्य राखेर काम सुरु गरेको वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठले बताउनुभयो ।

मन्दिर पुनःनिर्माणका लागि भगवतिको विशेष पुजा आजा विधि पुर्व  गरि शुभ साइतमा पुरातत्त्व विभागका शिभिल इन्जिनियर मोहन सिं लामाले शिलान्यास गर्नुभएको हो।

शिलान्यास कार्यक्रममा  वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठ लगायतको उपस्थितिमा थियो ।

अहिले पहिलो बर्ष पुरातत्त्व विभागले पचास लाख बजेटमा मन्दिर पुन:निर्माण सुरु गर्ने लागेको पुरातत्त्व विभागका शिभिल इन्जिनियर मोहन सिं लामाले   बताउनुभयो ।


थप