काभ्रे । समुदाय स्तरबाट ठुलो धनराशि संकलन गरी सुरु गरिएको महादेव खोला परिसरमा मन्दिर, घाट तथा अन्य निर्माण कार्यको दोस्रो चरणको कार्य सुरु भएको छ ।
उक्त निर्माण कार्यको अनुगमन भ्रमणको लागि बनेपा नगरप्रमुख लक्ष्मी नरहसिंह वादे , उपप्रमुख रेखा सापकोटा दाहाल , वडा नं ४ का अध्यक्ष श्यामसुन्दर श्रेष्ठ , समितिका अध्यक्ष पुरुषोत्तम सापकोटा र सचिव श्याम सापकोटाको उपस्थितिमा ब्रमायणी पार्कको अनुगमन निरीक्षण गरिएको थियो ।
अनुगमन निरीक्षणमा सचिव श्याम सापकोटाले बाथरुम र पार्कलाई घेराबन्दी र हेरचाह गर्नेको लागि एउटा पाले घर नगरपालिकाकाे पहलमा बन्नुपर्ने माग राख्नु भएको थियो ।
नगर प्रमुख वादेले आवश्यकता हेरेर सहयोग गर्ने बताउनुभएको छ।
पहिलो चरणमा महादेव मन्दिरका साथै अन्य संरचना निर्माण सकेको समितिले दोस्रो चरणको कार्य सुरु गरेको छ । दोस्रो चरणमा नेपालमै पहिलो पटक दश अवतार सहितको ब्रम्हाको प्रतिमा र मन्दिर निर्माण सुरु गरेको छ ।
नेपालमै पहिलो पटक बनेपा नगरपालिका वडा नम्बर ४ शेरा नजिकै महादेव खोलासँगै ब्रम्मायणी क्षेत्रमा दश अवतार सहितको ब्रम्हायणी मन्दिर र ब्रम्हाको प्रतिमा स्थापना गर्न सुरु गरिएको छ’– समितिका सचिव श्याम सापकोटाले भन्नुभयो–‘१ करोड ४२ लाख लागत स्टमेटमा निर्माण व्यवसायीहरुको प्रतिस्पर्धामा १ करोड ५ लाखमा निर्माण सम्झौता गरिएको छ ।’ उक्त क्षेत्रमा ब्रम्हाको प्रतिमा, मन्दिर र सिंढी निर्माण लगायतका संरचनाहरु तयार हुँदै छन् ।
समितिले संकलन गरेको रकमबाट निर्माण कार्य सुरु गरिएको हो । तेश्रो चरणमा भ्यु टाओर लगायतका अन्य संरचनाहरु तयार हुनेछन् । उक्त क्षेत्रको गौरवको योजनाका रूपमा लिएको उक्त क्षेत्रलाई धार्मिक रूपले प्रचार प्रचार गरी आन्तरिक पर्यटन वृद्धि गर्ने समितिको योजना रहेको अध्यक्ष पुरुषोत्तम सापकोटाले बताउनु भयो ।
२०७१ साल मसिंर १४ गते तत्कालीन समितिले बृहत्त रुद्रायाग शैव महायज्ञ गरि रकम संकलन भएको तत्पस्चात समितिले मन्दिर घाट स्थलको जग्गा सिमाकंन तथा खोला व्यवस्थापन र निर्माण कार्य संचालन गरेको थियो।
महादेवखोला परिसरको निर्माणका लागि डिपिआर तयार गरिएको समितिले जानकारी दिएको छ । यज्ञको सबै खर्च कटाएर समितिले १ करोड ३० लाख ६४ हजार ७ सय १७ रुपैया बचत गरेको थियो।
बनेपा नगरकै नालाक्षेत्रको गौरव योजना समयमै सम्पन्न गर्न स्थानीय तहले समन्वयकारी भूमिका खेल्ने बताउनु भयो । समितिका सचिव श्याम सापकोटाले जुन उद्देश्यका साथ यज्ञ आयोजना गरिएको थियो त्यही उद्देश्य प्राप्तिका लागि समितिले निरन्तर कामगरियको बताउनु भयो।
उहाँले थप संरचना निर्माणका लागि नगरपालिकाले बजेट दिनेमा पनि आफू विस्वस्त रहेको बताउनुभएको छ।
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
दश अवतारको ब्रम्हाको प्रतिमा अवलोकन गर्दै मेयर,उपमेयर : थप संरचना निर्माणमा नगरपालिकाले सहयोग गर्ने
- ५ वर्ष अघि | १३ फाल्गुन २०७८, शुक्रबार,