पर्यटनको प्रचुर सम्भावना रहेको काभ्रे भिमसेन मन्दिरको शिलान्यास गर्दै - मेयर लक्ष्मी नरहसिंह बादे

  •   २ वर्ष अघि | ९ माघ २०७८, आइतवार,    

काभ्रे। काभ्रे भिमसेन मन्दिर को शिलान्यास बनेपा नगरपालिका प्रमुख लक्ष्मि नरहसिंह बादे श्रेष्ठले गर्नुभएको हो।
शिलान्यास कार्यक्रममा बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरहसिंह बादे , उपप्रमुख रेखा सापकोटा दाहाल , वडा अध्यक्ष कृष्णप्रसाद दाहाल, सदस्य बुद्धिमान तामाङ ,काभ्रे बचत तथा ऋण सहकारीका उपाध्यक्ष सागरनाथ कपाली , मन्दिर निर्माण समिति लगायतका व्यक्तिहरुको उपस्थितिमा शिलान्यास कार्यक्रम भएको हो।
 शिलान्यास गर्दै मेयर वादेले भिमसेन को कलात्मक मुर्ति  "प्रतिमा"उपलब्ध गराउने बाचा समेत गर्नुभएको छ ।उहाँले पर्यटकीय हिसाबले राम्रो गन्तव्य काभ्रे भिमसेन हुनेमा पनि विश्वास दिलाउनु भयो ।

काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका वडा नं ३ प्राकृतिक हिसाबले मनोमहक क्षेत्र अन्तर्गत पर्दछ।
बनेपा नगरपालिका बाट ९ किलोमिटर को दुरीमा पर्ने पर्यटकीय क्षेत्र काभ्रे भिमसेन मन्दिर १०० बर्ष अगाडिदेखि को इतिहास बोकेको एक धार्मिक क्षेत्र हो।

यो क्षेत्र पर्यटनको प्रचुर सम्भावना रहेको क्षेत्र अन्तर्गत पर्दछ। यस क्षेत्रबाट देखिने सर्वोच्च शिखर सगरमाथा ,पाचँखालको फाट, धुलिखेल को डाडाँ,काशिभञ्जाङको सौर्न्दर्य ,बासुकि नागको इतिहास,हरियाली डाडा पाखाले कसको मन मोहित नहोला र यस ठाउँमा जानको लागि नगरकोट बाट ३ किलोमिटर , धुलिखेल टंनचोक हुँदै जाने बाटो , पाचखालबाट अनैकोट हुदै पनि यस काभ्रे भिमसेन मन्दिर आउन सकिन्छ ।

यस क्षेत्रको समग्र विकास गर्ने हो भने यहाको जनतालाई देखाइएको समृद्धिको सपना यहिको उत्पादनले सम्भव छ।
यस क्षेत्रमा कृषि उत्पादन पनि धेरै राम्रो हुन्छ , मुख्य बालिको रुपमा आलु खेतिले मनग्गे आम्दानी गर्ने सकिन्छ । 

थप