काभ्रे जिल्ला प्रहरी प्रमुख भुपेन्द्र खत्रि द्वारा धुलिखेलमा  फिट्नेस पार्कको उद्धघाटन 

  •   २ वर्ष अघि | १८ पुस २०७८, आइतवार,    

काभ्रे । धुलिखेल NYFC Nepal "अभियान मन्दिर: स्वस्थ नेपालको परिकल्पना" को Project Temple अन्तर्गत व्यायाम स्वस्थ रहनको निमित्त नि:शुल्क औषधी हो भन्ने कुरालाई आत्मसाथ गर्दै NYFC Nepal संस्थाले व्यायाम गर्नुपर्छ, स्वस्थ रहनुपर्छ भन्ने सन्देश प्रवाह गरेको छ।
  देशैभर व्यायामका संरचनाहरु बनाउने अभियानमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र धुलिखेल अस्पतालको आर्थिक सहयोगमा काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका वडा  नं. ०७ स्थित १००० सिँढीमा केलिस्थेनिक्स पार्क (खुल्ला व्यायाम स्थल)  एक विशेष कार्यक्रम विच उक्त पार्कको समुद्दघाटन कार्यक्रम सु-सम्पन्न भएको थियोे ।
नेपाली युथ फिट्नेस एण्ड केलिस्थेनिक्सका संस्थापक सुकदेव कार्की ज्यूको सभापतीत्वमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्यान्जु , विशिष्ट अतिथि धुलिखेल नगरपालिका उप प्रमुख श्रीमती बिमला शर्मा , विशेष अतिथि काठमाडौं विश्वविद्यालयका संस्थापक डा. सुरेस राज शर्मा , जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्री , सशस्त्र प्रहरी गण नं. १५ हे.क्व पाँचखाल काभ्रेपलाञ्चोकका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक महेश के.सी. , राष्ट्रिय अनुसन्धान कार्यालय काभ्रेका प्रमुख अनुसन्धान अधिकृत नगेन्द्र दाहाल, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक हरि खतिवडा , धुलिखेल नगरपालिका वडा नं. ०७ का वडा अध्यक्ष रोमी प्रसाद श्रेष्ठ , नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रीराज तिमल्सिना ,  धुलिखेल अस्पतालका अर्थोपेडिक सर्जन डा. बिकास पराजुली , धुलिखेल अस्पताल फिजियोथेरापी विभागका लेक्चरर उमेश अधिकारी , नेपाली युथ फिट्नेस एण्ड केलिस्थेनिक्सका सदस्यहरु लगायत उपस्थितमा कार्यक्रम भएको थियोे ।

 स्थानिय भद्र भलाद्यमी, प्रहरी कर्मचारी, पत्रकार साथीहरु र  अन्य थुप्रै महानुभावहरुको समुपस्थितीमा उक्त कार्यक्रम सम्पन्न गरियो ।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्री ज्यूले व्यक्ति र समाज स्वस्थ रहेनै स्वस्थ र सुन्दर राष्ट्र निर्माणमा कटिबद्ध रहन सक्ने हुँदा स्वस्थ समाज निर्माणका लागि सदैब सामाजिक संघ संस्थाहरुसंग हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।

 धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार व्यन्जु ज्यूले आफ्नो नगरलाई व्यायाम मैत्री र स्वस्थ नगरको रुपमा स्थापित गर्न सहयोग गर्ने र धुलिखेल नगरका अन्य तिनवटा स्थानहरुमा केलिस्थेनिक्स पार्क निर्माण गर्ने प्रतिबद्धता समेत उक्त कार्यक्रममा व्यक्त गर्नु भएको थियो।
नेपाली युथ फिट्नेस एण्ड केलिस्थेनिक्सका संस्थापक सुकदेव कार्की ज्यूले उक्त पार्क निर्माण कार्यमा सहयोग गर्ने जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र धुलिखेल अस्पाताल परिवारलाई धन्यवाद व्यक्त गर्नुभएको थियोे ।

पार्क निर्माण गर्नको निमित्त स्थान उपलब्ध गराई दिनु हुने धलिखेल नगरपालिकाका प्रमुखलाई हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।

थप