चलचित्र निर्माता प्रंशान्त गिरीले गरे यति धेरै सहयोग 

  •   २ वर्ष अघि | १४ पुस २०७८, बुधबार,    

काभ्रे । बनेपा नगरपालिका वडा नं. ४ मा युवाहरुको सक्रियतामा बन्दै गरेको पार्क को लागि आकाशदेवी चलचित्र निर्माता एवम् अभिनेता  प्रंशान्त  गिरीले  सत्तरी हजारको लागतमा बाघको प्रतिमा  सहयोग गर्नु भएको छ।
 यस अघि पनि नायक प्रशान्त गिरिले  आफुले अध्ययन गर्नु भएको विद्यालय श्री रत्नचुडेश्वरमा पनि सहयोग गर्नु भएको थियो।
 बनेपा वडा नं २र ४ को सिमानामा निर्माणा धिन आकशदेवी पार्क मा युवाहरुले गरेको प्रयास लाई कदर गर्दै आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता  जनाउनु भयो ।
गिरिले उक्त पार्कमा बाघको प्रतीमा आफ्नो बाबु रघुनाथ गिरीको स्मृतीमा सौजन्य गर्नु भएको हो।

 

 प्रशान्त गिरी फिल्म निर्माता एवम् अभिनेता पनि हुन फिल्मकर्मीका साथै समाजसेवी र व्यवसायमा पनि सक्रिय छन् । उनले केही दिन पहिले काभ्रे पुगेर आफूले अध्ययन गरेको विद्यालयलाई प्रिन्टिङ लगायतका सामाग्रीसहित विद्यालय रंङ्गरोगन र सरसफाइका लागि ६० हजार नगद सहयोग गरेका छन् । 
यो सँगै उनी ग्याँस, लिक्युड ,पेट्रोलियम पदार्थ र रेस्टुरेन्ट सञ्चालक पनि हुन् l   
बाउन्सर’ रिलिज पश्चात अमेरिका पुगेका अभिनेता प्रशान्त गिरी यतिवेला नेपालमा छन् । नेपाल फर्केर उनी अहिले समाजसेवामा सक्रिय भएका छन् । उनले केहीदिन अघि काभ्रे पुगेर आफुले पढेको विद्यालयलाई प्रिन्टिङ्ग मेसिन लगायतका सामाग्रीसहित विद्यालय रंङ्गरोगन र सरसफाइका लागि साठी हजार नगद सहयोग गरेका छन् ।

नेपाल फर्केर गिरी पेट्रोलियम पदार्थ र रेष्टुरेन्ट व्यावसायमा समेत सक्रिय भएका छन् । उनी अब चाँडै सिनेमा निर्माण तथा अभिनयमा पनि फर्किने तयारीमा समेत छन् । उनले ‘बाउन्सर’ रिलिज लगत्तै निर्माण घोषणा गरेका सिनेमा ‘बजरंगी’को काम अगाडी बढाउने तयारीमा छन् ।
‘थ्याक्ंयु’बाट नेपाली फिल्ममा डेव्यु गरेका गिरी हरर सिनेमा ‘साइना’मा मुख्य अभिनेताको रुपमा काम गरेका थिए ।

अब आफु ‘बजरंगी’बाट निर्माण अभिनयमा फर्किने तयारी रहेको गिरीले बताए । यो फिल्मको स्कृप्ट लेखनको काम भैरहेको अर्को वर्षको मध्यबाट छायांकन थाल्ने तयारी रहेको समेत जानकारी दिएका छन् । अभिनेता गिरी अमेरिकामा पनि ग्याँस र लिक्युड लगायतका व्यवसायमा सक्रिय रहदै आएका थिए ।

थप