पनौती नगरपालिकामा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु

  •   २ वर्ष अघि | २८ मंसिर २०७८, मङ्लबार,    

पनौती । पनौती नगरपालिकाले विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा सुरु गरेको छ । पनौती नगरपालिका वडा नम्बर ५ चौकोटका रामकृष्ण कुवा श्रेष्ठको ४ जनाको परिवारको स्वास्थ्य बिमा गरेर मेयर विपन्न स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ गरिएको हो । उक्त परिवारलाई नगर प्रमुख भिम न्यौपाने र उप–प्रमुख गिता बञ्जाराले संयुक्त रुपमा स्वास्थ्य बीमा परिचयपत्र हस्तान्तरण गर्नुभएको छ । यससँगै अब श्रेष्ठ परिवारले १ लाख बराबरको उपचार निःशुल्क प्राप्त गर्नेछ । आर्थिक अभावकै कारण स्वास्थ्य सेवा प्राप्त गर्न नसक्ने अवस्थाको अन्त्यका लागि कार्यक्रम सुरु गरिएको नगरप्रमुख न्यौपानेले बताउनुभयो । बीमा कार्ड लिँदै रामकृष्णका जेठा छोरा कपिलले यसअघि परिवारमा कोहि बिरामी हुँदा पैसाका लागि आफन्त र सहकारीको खोजीमा धेरै भौतारीनुपरेको गुनासो गर्नुभएको छ । नगरपालिकाले आफुहरुलाई पनि सम्झेर कार्यक्रम सुरु गरेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।

थप