काभ्रे (पनौती) – १२ वर्षे मकर मेलाको लागि जिल्लाको पनौती नगरपालिका तिब्र तयारीमा जुटिरहेको छ । पनौती नगरपालिकाको त्रिबेणी क्षेत्रमा लाग्ने १२ बर्षे मकर मेलालाई लक्षित गर्दै लीलावती सिंचाई पानी पुण्यमाता नदीमा ल्याउन लीलावती सिँचाई सरसफाई कार्य सम्पन्न भएको छ ।
यसका साथै बाटोको काम तीव्र रुपमा सम्पन्न गरि अन्य भक्तजनलाई सुविधाका लागि व्यापारीक केन्द्र यात्रु सहायता कक्ष लगायतका कार्यहरु व्यवस्थापनको कार्य भईरहेको पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले बताए ।
नगरपालिकाको त्रिबेणी क्षेत्रमा मेलालाई लक्षित गर्दै मन्दिर परिसर/ढल सरसफाई, पैदल यात्रु सडक निर्माण कार्य भईसकेको छ । जिल्लाको अत्यन्तै महत्व राख्ने मेलाका रुपमा रहेको १२ वर्षे मकर मेला माघ महिनामा हुनेछ ।