जिल्ला ट्राफिक काभ्रेको सक्रियतामा चालक र सह चालकको स्वास्थ्य परिक्षण

  •   ३ महिना अघि | ८ माघ २०८०, सोमवार,     मणिराम दाहाल

काभ्रे –जिल्ला ट्राफिक कार्यलय काभ्रेको सक्रियतामा चालक र सहचालकको सडकमै स्वास्थ्य परिक्षण गरिएको छ।
सडक दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले चालक र सह-चालकको स्वास्थ्य परिक्षण गरेको छ ।

सि डबलु सि पोलिक्लिनिकको सहयोगमा बनेपाको पुलबजारमा चालक र सह-चालकको स्वास्थ  परिक्षण गरिएको हो ।
लामो तथा छोटो दुरीका सवारी चालकहरुलाई समय अभावका कारण नियमित स्वास्थ्य परीक्षणमा समस्या देखिएकाले ट्राफिक प्रहरी आफैले बृहत स्वास्थ्य शिविरको आयोजना गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक जनार्दन घिमिरेले जानकरी दिनुभयो ।
लामो छोटो दुरीमा यात्रुहरु बोकेर हिड्ने चालक सह-चालकको स्वास्थ्य ठिक छ छैन र यात्रुलाई सहज रुपमा गन्तव्य सम्म पुर्याउन भन्ने उद्देश्यले स्वास्थ्य परिक्षण गरिएको जानकारी घिमिरेले दिनुभयो ।
स्वास्थ्य शिविरमा ७४ जना सवारी चालक तथा सहचालकले स्वास्थ्य परीक्षण गराएका छन । परिक्षणका क्रममा अधिकाशंलाई उच्च रक्तचाँप (ब्लड प्रेसर) को समस्या देखिएको छ। 

थप