पनौती प्रहरीद्धारा मोबाइल र ल्यापटप चोर्ने एकजना पक्राउ

  •   ९ महिना अघि | १२ साउन २०८०, शुक्रबार,     मणिराम दाहाल

काभ्रे । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका वडा नं ८, बडडाँडा घर भई जिल्ला काभ्रेको पनौती नगरपालिका-७ बस्ने वर्ष २२ को सुजन तामाङलाई विभिन्न समयमा चोरी गरेको सामान सहित प्रहरी चौकी पनौतीले पक्राउ गरेको छ ।


विभिन्न समयमा चोरी भएका घटनाको अनुसन्धानको क्रममा प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले पनौती न.पा. वडा नं ४ ज्यालापाटी स्थित विशाल हुमागाईको कोठाबाट चोरी भएको ल्यापटप थान १ र २ थान मोबाइलसहित उनलाई प्रक्राउ गरिएको हो ।


साथै प्रहरीले उनको कोठाबाट विभिन्न ठाउँबाट चोरी भएका LENOVO कम्पनिको ल्यापटप एक थान र SAMSUNG कम्पनिको ल्यापटप दुई थान र Samsung कम्पनिको मोबाईल दुई थान फेला पारेको छ ।


पछिल्लो समय चोरीको बिगबिगी भए पश्चात् पनौती चौकीले बिशेष निगरानी राखेर काम गरेको पनौती चौकीको इन्चार्ज रुपेश श्रेष्ठले जानकारी दिए ।


उनी उपर चोरी तथा डाँका सम्बन्धी कसुर अन्तर्गत ७ दिनको म्याद थप भई अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।


थप