निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

पनौतीमा एक युवकको शंकास्पद मृत्यु

  •   २ वर्ष अघि | १६ माघ २०७८, आइतवार,    

काभ्रे । पनौती नगरपालिका वडा नं ८ मा रहेको पिस होम पुनःस्थापना केन्द्रमा राखिएका किशोरको शंकास्पद मृत्यु भएको छ । मण्डनदेउपुर नगरपालिका वडा नं १० का स्थायी बासिन्दा १७ बर्षिया सुहोन श्रेष्ठ बिरामी परेपछि उपचार गराउन अस्पताल ल्याउने क्रममा मृत्यु भएको प्रहरीको दावि छ । तर मृतकका आफन्तले भने कुटपिटका कारणले शुसनको मृत्यु भएको बताएका छन् । आफन्तका अनुसार मृतकको टाउकोको टुप्पीमा ठूलो प्वाल छ, गोडाभरी निलडाम छन् । ओठमा समेत ठूलो घाउ रहेको मृतकका आफन्तले भने । आफ्नो भतिजलाई उपचार गराउन नभएर मृत्यु भएपछि मात्रै अस्पताल लगिएको मृतकका काका राम श्रेष्ठले भन्नुभयो । 
प्रहरीले बिरामी भएको भनेर अस्पतालमा बोलाउँदा भजितलाई वेवारिसे अवस्थामा मृत्यु भैसकेको रुपमा राखिएको श्रेष्ठले बताए । इलाका प्रहरी कार्यालय बनेका प्रमुख राजन कोइरालाले मृतक श्रेष्ठको शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएको जानकारी दिए । उनले थप कुरा पोष्टमार्टमको रिर्पाेट आएपछि मात्रै भन्न सकिने बताए । 
मृतकलाई उनका आफन्तले माघको ५ गते भेटेका थिए । छोराको अवस्था सामान्य रहेकोमा आइतबार बिहानै प्रहरीले छोरा बिरामी भनेर बोलाउँदा अस्पतालमा छोराको मृत शरिर मात्रै देखेपछि मृतकका आमा र बुबा बेहोसनै बनेका थिए । छोरा बिरामी भएको खबर समयमै गरेको भए जसरी भएपनि उपचार गर्न सकिने काकाले भने । उनले घटनाको सत्य तथ्य छानविन गर्न माग गरेका छन् ।

थप