अवैध लागू औषध गाँजा सहित काभ्रे बाँसडोलका तामाङ पक्राउ

  •   २ वर्ष अघि | ११ माघ २०७८, मङ्लबार,    

काभ्रे : अवैध लागूऔषध गाँजा सहित काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं १२ स्थित बाँसडोलका सञ्जय तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङलाई प्रहरीले आज (मंगलबार) पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
कार्यालयका अनुसार तामाङले घर कोठा भित्र खाट मुनी ७ किलो ७९५ ग्राम अबैध लागू औषध गाँजा लुकाई राखेका थिए । बाँसडोल क्षेत्रमा लागू औषध सेवनकर्ताहरु दिन प्रतिदिन बढदै गएको भन्ने स्थानियहरुको गुनासोपछि उक्त क्षेत्रमा प्रहरीले निगारनी गर्दै आएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी उपरीक्षक हरि खतिवडाले जानकारी दिए । उनका अनुसार प्रहरीको निगरानीपछि ईलाका प्रहरी कार्यालय बनेपाको टोलीले सञ्जयलाई पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङलाई लागू औषध गाँजा मुद्दामा जिल्ला अदालत काभ्रेबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

थप