पनौती प्रहरी चौकीका इन्चार्ज सन्तोष बानियाँको नेतृत्वमा अवैध घरेलुु मदिरा नष्ट

  •   ३ वर्ष अघि | २१ साउन २०७८, बिहिबार,    

काभ्रे । प्रहरी चौकी पनौतीले अबैध घरेलु मदिरा नष्ट गरेको छ । अबैध रुपमा विक्री वितरण भइरहेको घरेलु मदिरा प्रहरी चौकी पनौतीले नष्ट गरेको हो ।

प्रहरीले पनौतीको बसपार्क, सुन्थान, ठाडोबाटो, कुशादेवी रोड, नमोबुद्ध रोड, खोपासी रोड लगायत बजार क्षेत्रबाट अबैध रुपमा विक्रि गर्दै आएको एक हजार लिटर बरामद गरेको प्रहरी चौकी पनौतीका इन्चार्ज प्रहरी नायव निरीक्षक सन्तोष बानियाँले जानकारी दिए । उनका अनुसार विभिन्न भट्टि पसलबाट बरामद गरेको एक हजार लिटर मदिरा जनप्रतिनिधि, स्थानीयको रोहवरमा प्रहरीले नष्ट गरिएको हो ।
नगरभित्र अबैध मदिरा बिक्री वितरणका कारण अपराधिक घट्नामा बृद्धि भएको, घरायसी झै–झगडाका घट्ना बढेको, महिला हिंसा लगायत घट्नामा बृद्धि भएको गुनासो आएपछि मदिरा नष्ट अभियान सञ्चालन गरेको प्रहरी नायव निरीक्षक बानियाँले बताए ।
  

थप