धुलिखेलमा नेवारी संस्कृति अनुसारको "सुकुल भोज" हुने

  •   २ वर्ष अघि | १ पुस २०७८, बिहिबार,    

काभ्रे । धुलिखेलमा नेवा भोज हुने भएको छ।
नेवार एक जात नभएर संस्कृति,परम्परा तथा संस्कार हो।नेवार भित्र पनि विभिन्न जात जाती रहेको छ जस अन्तर्गत ब्राह्मण,क्षेत्रीहरु पनि छ।
जहाँ कहि कतै सानो ठुलो भन्ने हेक्का हुन्न, आजको दिनमा विश्व  मै नेवा समुदायले आफ्नो पहिचान निर्माण गर्न सकिएको छ।
नेपाल मात्रै होइन नेपाल जस्तै संसारमा भू—मध्य रेखा भन्दा माथि उत्तरीगोला रहेका प्रायजसो देशहरुमा जमिन एकदम उर्वर भई उब्जनी धेरै हुने भएकोले नै त्यहाँ स्थित मानिसहरुले आफु सित रहेको श्रोत र साधनको अत्यधिक प्रयोगमा ल्याई भोजभतेर गरी चाडपर्व मनाई जीवन बिताउने गर्दछन् ।
यसैक्रममा नेपाल पनि एक कृषि प्रधान देश भएकोले पहिले पहिले त शत प्रतिशत नै सबै कृषिमा निर्भर गर्थे तर अहिले आएर यो दर कम भएर ६५ प्रतिशतमा झरेको कृषि विकाश मन्त्रालयको गतवर्षको प्रतिवेदनले जनाएको छ ।
त्यसमाथी पनि नेवा समुदायमा विभिन्न जात्रा,चार्डपर्व रहेको छ।नेवार समुदायले मानिसको जन्म देखि मृत्यु सम्म पर्न आउने हरेक सुखद दुखद उपलक्ष्य चाँर्डपर्व,कर्मकाण्ड काजक्रियामा आफु र आफ्नो परिवारको नातागोता देखि विभिन्न किसिमले सहयोग गर्ने साथीभाई शुभचिन्तकलाई लाई मानसम्मान स्वरुप  बोलाई सम्बन्ध प्रगाढ रहोस भनि भोज खुवाउने प्रचलन नेवा सभ्यातामा पुर्खौ देखि चलिआएको छ।
यसै गरि बिहेवारी गरि पठाई सकेको छोरि ज्वाईलाई विभिन्न चार्डपर्बकॉ मौका परि घर बोलाइ भोज खुवाउने चलन पनि रहेको पाइन्छ जसलाई झ्व:भ्वोय् अर्थात सुकुल भोज भनिन्छ।
नेवार समुदाय समूहगत क्रियाकलापमा विश्वास राख्छन् त्यहि भएर उनीहरु सानो भन्दा सानो चाड पनि घरको परिवारसित बसेर मनाउने चलन छ ।झ्व:भ्वोय् (सुकुल भोज) एक रिति पनि हो।
झ्व:भ्वोय् (सुकुल भोज)अहिलेको परिवेश अनुसार लोप हुँदै गईरहेको छ।येस रितिलाई बैज्ञानिक तवरले नि स्वास्थ्यको लागि राम्रो प्रमाणित गरेको छ।झ्व:भ्वोय् (सुकुल भोज)पुरानो मौलिक भोज हो जहाँ विभिन्न परिकारका बस्तुहरु रहेको छ जसलाई अष्तमातृकाको रुपमा नि पुज्न सकिन्छ।झ्व:भ्वोय् (सुकुल भोज)मा प्राप्त बस्तुको नाम  तथा वर्गीकरण गरिएका देबिहरुको नामहरु निम्न प्रकारका छ्न
अष्टमातृकाको रुपमा ः
द्यः (भगवान)   घासा (परिकार)
व्रम्हायणी —  कःसू (सानो केराउ भिजाई पिनेको लेदो)
महेश्वरी –  धौ (दहि)
कौमारी —  पःमाय् (सानो मस्याङ्ग एक दिन अघि भिजाई राखेको )
वाराही —  खय् पि (काँचो फर्सि २ ईन्च वर्गको काटेर टुक्रा पारेको)
वैष्णवी —  वाउँचा (तोरीको साग)
इन्द्रायणी —  भुति (बोडी )
चामुण्डा —  चय्पि (काँचो फर्सि १ ईन्च वर्गको काटेर टुक्रा पारेको)
महालक्ष्मी –  संन्या (सानो चेप्टो माछा)
गणेश —  पालु (अदुवा)
भैरव —  म्वाःविसिया (भटमास भुटेर आधा पारेको)
सिम्बाः —  हिंला (फोक्सो मासुमा हिंग हाली बनाएको)
धुम्बाः —  पंला (फोक्सो मासु नै हो तर यसमा हिंग नहाली बनाएको)
अग्निदेब:- ऐला(हरेक परम्परामा आवश्यक पर्ने झोल पदार्थ)
धार्मिक महत्व 
साह्रै नै छोटकरीमा भत्रु पर्दा, मानिसहरुले आफु बसेको धरातल, ऋतु र परिवेश हेरी सहज जीवन—यापन निर्वाह गर्न यहाँ जे जति अनुशासन, नियम र संस्कार बनाइयो त्यहि नै धर्म र संस्कृति कहलिए र यस्को संस्कृतिक महत्त्व यसकारण पनि छ कि नेवार समुदाय अन्तर्गत चाहे त्यो कुनै पनि आधारभूत कुरा होस् वा अरु कुनै कला, साहित्य, भाषा, धर्म, संस्कृति  आदि सबै कुरामा वैज्ञानिकता रहेको पाइन्छ । यस कुरामा यस देशका सम्पूर्ण नेपालीले गौरव गर्नै पर्दछ कि नेपाल जस्तो सानो अनि एउटा भूपरिवेष्ठित देश भइकन पनि अमेरिका नै पत्ता नलागेको बेला देखि नै भाषा, कला, साहित्य र संस्वृmति आदिमा धनी, संवृद्ध र सम्पत्र देश थियो र आज पनि हो ।
तैपनि आजको यस घडीमा आएर हामीले जे जति भोग्नु परेको छ त्यो सबको कारण एउटै हो कि नेपाल विकसित देश भएर पनि अव्यवस्थित भइयो । आज यहाँका हरेक भाषा, कला, साहित्य र संस्कृति  आदि कुरामा ह्रास आईरहेको छ र लोप हुने अवस्थामा पुगिसकोको छ जुन तपाईं हामी सबैले महशुस गरेको कुरा हो । तसर्थ यस्ता अनेकन नेवार मात्र हैन नेपाल देशकै सम्पूर्ण समुदायकै आ—आफ्नो भाषा, कला, साहित्य र संस्वृmति लोप हुने अवस्था आईसकेको हुँदा अझै पनि हामीले निन्द्राबाट बिउँझिएर पनि नथाहा पाएको जस्तै नाटक गरिरहने हो भने त्यो हाम्रो मूर्खता हुने छ र हामीलाई पछिको जीवनमा यस्तो पछुतो हुन नपाओस् कि धत्! मैले समय छँदै यस्तो गर्न पाएको भए मेरा सन्ततिले गर्वका साथ भत्रे थियो हाम्रा पूर्खा महान थिए, हाम्रा पथप्रदर्शक थिए ।

हामी आभारी छौं भनी नतमस्तक हुने थियो । तसर्थ, हामीले जे—जस्तो अवस्था पार गरेर भएपनि हाम्रो पूर्खाले सिर्जिएको सब ती अमूल्य धरोहर, सम्पदा, संस्वृmति, परम्परा आदि इत्यादिहरु हाम्रा भविष्यका सन्ततिहरुलाई हस्तान्तरण गर्दै लानु नै हाम्रो परम् कर्तव्य, दायित्व र धर्म हो ।
तसर्थ नेपालको,विशेषता  उपत्यकाको, नेवार सभ्यत भित्र रहेको लोपन्मुख विभिन्न  रितितिथि मध्ये एक  झ्वो भ्वयको सम्बर्दन तथा जनचेतना गराउने हेतुले  Rotaract Club OF Shikhalapur को आयोजनामा २०७८ पुस १७ गते तदनुसार २०२२ जनवेरी १ गते शनिबारको दिन धुलिखल पुरानो बजारमा  शिखालापुर झ्व :भ्वयको  आयोजना गर्ने  भएको छ ।
सम्पुर्ण अथिति महानुभावहरुलाई हार्दिक निमन्त्रणा ब्यक्त गर्दछौं ।
स्थान:धुलिखेल पुरानो बजार
समय:दिनको ३ बजे
टिकट दर:रु ६००
आयोजक
  Rotaract Club Shikhalapur
Contact number:-9803609231
                             :-9803847222

थप