काभ्रे । धुलिखेल नगरपालिका वडा नं ३ मा धुलिखेल नगरपालिका महिला परिषद् र वडा नं ३ को संयुक्त आयोजनामा संचालन भएको महिला हरुकोलागि आयोजित ४५ दिने आधारभुत सिलाई कटाई तालिम आज एक कार्यक्रम गरि समापन गरिएको छ।
महिलाहरुलाई सक्षम ,आत्मनिर्भर , बनाउन तथा सीप सिकाउनको लागि वडामा नै सिलाई कटाई तालिम दिइएको वडा अध्यक्ष गणेश आचार्यले जानकारी दिनुभयो।
सिलाई कटाई तालिम ४५ दिन चलेको उक्त तालिममा १६ जना महिला दिदिबहिनी हरुले सिप सिक्ने अवसर प्राप्त गर्नुभएको हो। आज एक कार्यक्रम गर्दै सीप हासिल गरेका हरुलाई मेयर अशोक ब्यन्जुले प्रमाणपत्र वितरण गर्नुभएको थियो । समापन कार्यक्रममा मेयर अशोककुमार ब्यन्जु,वडा अध्यक्ष गणेश आचार्य ,वडा सदस्य सुवास अधिकारी लगायतको उपस्थिति रहेको थियोे ।
आवश्यक सिलाई का लागि वडाका महिलाहरूलाई सिलाई मेसिन ,थप सिलाई तालीम पनि गराउने नगरपालिका र वडा को तर्फबाट जानकारी समेत गरिएको थियोे ।