काभ्रे । काभ्रेपलान्चोक जिल्लामा LCI District 325 B1नेपालको यो बर्षको मुख्य कार्यक्रम लायन्स उद्यमी नमुना गाँउ बनाउने लक्ष्य पूरा गरेको छ।
काभ्रे जिल्लाको पनौति नगरपालिका-२, स्थित किमाडाेल गाउँ लाई लायन्स उद्यमी गाउँ घोषणा पनौती नगरपालिकाका मेयर भिम न्यौपाने ज्युको प्रमुख आतिथ्यता, District governor Lion Bisheswor Acharya ज्यु सहित लायन्स लिडरहरु र स्थानीय सरकारका प्रतिनिधिको विशेष उपस्थितिमा भव्य कार्यक्रमका बिच समुद्घाटन सम्पन्न गरिएको छ ।
जिल्लाको यो महत्त्वपूर्ण कार्यक्रम सम्पन्न गर्न सक्रिय भुमिका काभ्रे मोडल भिलेज चिफ लायन पवन कुमार थापा सहित कमिटीका सम्पुर्ण साथीहरुको सहभागीता र सम्पुर्ण क्लबका साथीहरू सहित सहभागी स्थानीय जनता तथा स्थानीय पातिखोरिया कृषि सहकारी सस्था परिवारलाई जिल्लाको तर्फबाट हार्दिक आभार एंवम कृतज्ञता ज्ञापन गरिएको छ।