जोर-विजोर प्रणालीमा चल्ने भयो सार्वजनिक बस

  •   ३ वर्ष अघि | १४ असार २०७८, सोमवार,    

काभ्रे, जिल्लामा जोर–बिजोर प्रणालीको आधारमा सार्वजनिक यातायात  सञ्चालनमा आउने भएको छ ।
 
जिल्ला प्रशासन कार्यालय काभ्रेले निषेधाज्ञालाई  खुकुलो गर्दै भोलिबाट जोर–बिजोर प्रणालीको आधारमा सार्वजनिक यातायात सञ्चालनमा ल्याइने निर्णय गरेको हो ।
प्रशासनको निर्णयअनुसार जोर–बिजोर प्रणालीको आधारमा २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक सवारीसाधन उपत्यकाभित्र संचालन हुन पाउने भएका छन् । 
बिहान ६ देखि बेलुका ७ बजेसम्म ती सवारी चलाउन पाइनेछ । भौतिक दूरी कायम गर्दै सार्वजनिक सवारी साधनलाई मंगलबारदेखि संचालन अनुमति दिइएको काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेलले बताउनुभयो । 

 

थप