काभ्रे ।जिल्ला ट्राफिक प्रहरी कार्यलय काभ्रेले विद्यार्थी हरुलाई लक्षित गरि एकदिने ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
जिल्ला ट्राफिक मा काज भएको दुई दिनमै ट्राफिक प्रहरी प्रमुख सुरेश थापाले विद्यार्थीहरु सँग सचेतना कक्षा लिनुभएको हो।
काठमाडौं युनिभर्सिटी अभिभावक सिक्षक संघ को आयोजनामा काठमाडौं युनिभर्सिटी हाई स्कुलमा ट्राफिक सचेतना मुलक कार्यक्रम गरि विद्यार्थी हरुमा ट्राफिक नियम बारेमा जानकारी गराइएको प्रहरी प्रमुख थापाले जानकारी दिनुभयो ।
कार्यक्रममा ड्राइभिङ लाईसेन्स ,बाटो ,दुर्घटना न्यूनीकरण कसरी गर्ने जस्ता विभिन्न ट्राफिक सम्बन्धि सचेतना मुलक कार्यक्रम भएको थियो।
काठमाडौं युनिभर्सिटी हाई स्कुल का प्रधानअध्यापक तेजेन्द्र राजभण्डारीले ट्राफिक प्रहरी प्रमुखलाई जिल्लामा स्वागत गर्दै कार्यक्रम सन्चालन गर्नुभएको थियोे।
कार्यक्रममा केयु हाइस्कुल अभिभावक टिचर संघका अध्यक्ष विधान जोशीले ट्राफिक प्रहरीलाई स्वागत गर्नु भएको थियो ।