बनेपामा डिएसपी रेशम बोहराको सक्रियता तिव्र :धमाधम समातिए चोरी डकैती गर्ने व्यक्ति

  •   १ वर्ष अघि | १२ फाल्गुन २०७९, शुक्रबार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे । बनेपा नगरपालिका आसपासमा चोरी डकैती का घटना बढ्दै गरेको अबस्थामा इप्रका बनेपा प्रमुख रेशम बोहराले गस्ती बढाएका छन्।

चोरी डकैती गर्दै हिड्ने व्यक्तिहरु दिन प्रतिदिन समातिएका छन्।
रातिको समयमा  बनेपा न.पा. वडा नं.०८ स्थित सडक पेटिमा शंकास्पद रुपमा चोरीमा प्रयोग हुने औजार फलामको रड लिई बसिरहेको अबस्थामा  काभ्रेपलाञ्चोक जिल्ला  नमोबुद्ध नगरपालिका  वडा नं. ६ बस्ने कान्छालाल तामाङको छोरा बर्ष २५ को ईन्द्रलाल तामाङलाई फेला पारी बनेपाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ।
निजलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट चोरी तथा डाँका सम्बन्धी कसुर अन्तर्गत ७ दिनको को म्याद थप गरि थप अनुसन्धान कार्य भई रहेको बताइएको छ ।


 बनेपा न.पा. वडा नं. ०७ तरकारी बजार स्थित धुलिखेल बाट काठमाण्डौ तर्फ जादै गरेको नं. नखुलेको भाडाको बसमा चौरीदेउराली गाउँपालिका वडा नं. ०५ बस्ने टेक प्रसाद चौलागाईको ज्याकेटको पकेटमा रहेको नगद रु.बिस हजार  बगली मारी चोरी गर्ने तनँहु जिल्ला सुक्लागण्डकी नगरपालिका वडा नं. ०१ घरभएका  हाल काठमाण्डौ बानेश्वर बस्ने बिष्णु बहादुर कार्कीका छोरा २६ बर्षका उत्तम कार्की लाई प्रहरीले पक्राउ गरेको छ।

 पक्राउ गरि  काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट मुलुकी अपराध सहिता २०७४ को परिच्छेद २० चोरी तथा डाँका सम्बन्धी कसुरको दफा २४१ अनुसार चोरी गर्न नहुने मुद्धा शिर्षकमा दिन-७ को म्याद थप गरि  थप अनुसन्धान कार्य भईरहेको पनि डिएसपी रेशम बोहराले बताउनुभयो ।

सोही कार्यमा  संलग्न थप २ जना ब्यक्तिहरुलाई पक्राउ गरी सोही म्याद मिलान हुने गरी  काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप अनुमती प्रदानगरि थप अनुसन्धान कार्य भई रहेको छ । 

निम्न स्थानबाट पक्राउ परेका हुन ।

१. नाम थर वतनः- का.प.जि. बेथानचोक गा.पा. वडा नं. ६ बस्ने गोपाल मगरको छोरा बर्ष २७ को बिनोद थापा मगर

पक्राउ स्थानः- जिल्ला भक्तपुर चांगुनारायण न.पा. वडा नं. २ स्थितबाट ।

२. नाम थर वतनः- धाडिङ जिल्ला धुनिबेशी न.पा. वडा नं. २ बस्ने ठुलोकान्छा बि.क. को छोरा बर्ष २९ को कुमार बि.क.

पक्राउ स्थानः- जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. वडा नं. ४ स्थितबाट ।

थप