तेस्रो पाचँखाल महोत्सव असोज ३ गते बाट सुरु हुने

  •   २ वर्ष अघि | १४ भदौ २०७९, मङ्लबार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे – पाँचखाल युनाइटेड फुटबल एसोसिएसन(पुफा)को आयोजना र पाँचखाल नगरपालिकाको सहयोगमा तेस्रो पाँचखाल महोत्सव हुने आयोजकले बताएका छन।


काभ्रेको पाँचखालमा महोत्सवको बारेमा जानकारी दिन  पत्रकार सम्मेलन गर्दै विजया दशमी तथा दिपावलीको अबसर पारि यहीँ असोज ३ गते देखि १६ गते सम्म हुन लागेको आयोजक समितिका संयोजक गणेश प्रसाद काफ्लेले जानकारी दिनु भयो । उहाँले महोत्सवमा ६० हजार दर्शक उतार्ने लक्ष्य रहेको बताउनु भयो । उक्त महोत्सवमा प्रशासनिक लागत मात्रै करिब ३० लाख लाग्ने अनुमान गरेका र छिमेकी जिल्ला, गाउँपालिकाको साथै नगरपालिकाबाट समेत सहयोग र सहकार्य गर्ने पत्रकार सम्मेलनमा बताइएको छ ।


पुफाका अध्यक्ष मिलन श्रेष्ठले पाँचखाल नगरपालिकाको संस्कृति र पर्यटनको प्रबर्द्धनको लागि महोत्सव गर्न लागेको बताउनु भयो।


महोत्सवको मुख्य आकर्षक अर्गानिक कृषि प्रदर्शनी, स्थानीय खानाका परिकार, संस्कृति र पर्यटन प्रबर्द्धन स्टलहरु, बाल मनोरञ्जनात्मक गतिविधिहरु, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको दैनिक बेजोड प्रस्तुति रहने संयोजक काफ्लेले बताउनु भएको छ।साथै पाँचखाल नगर कृषि सहरको अवधारणा लाई सम्मान गर्दै कृषिका लागि स्टलहरु निशुल्क उपलब्ध रहेको आयोजक समितिले जनाएको छ।


थप