कृषि सहकारी संघ काभ्रेको अध्यक्षमा हरिश्चन्द्र घिमिरे निर्वाचित

  •   ३ महिना अघि | २६ माघ २०८०, शुक्रबार,     मणिराम दाहाल

काभ्रे ।कृषि सहकारी संघ लिमिटेड काभ्रेको अध्यक्षमा हरिश्चन्द्र घिमिरे निर्वाचित भएका छन् । आठौं वार्षिक साधारण सभाबाट घिमिरे सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन । उनी धुलिखेल साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हुन ।


कृषि सहकारी संघ लिमिटेडमा कृषि सँग सम्वद्ध ५५ वटा सदस्य संस्था आवद्ध छन । संघले महाभारत, भुम्लु, तेमाल, बेथानचोक, चौरीदेउराली गाउँपालिकामा साना किसान कृषि सहकारी अनुसरण कार्यक्रम संचालन गर्ने गरेको छ ।

न्युन आय भएका तथा सिमान्तकृत किसानहरुको आर्थिक रुपान्तरण, समृद्धिका लागि बचत गर्ने बानी बसाल्ने, विभिन्न सीपको विकास गर्ने, न्युन ब्याजदरमा ऋण प्रदान गर्ने उद्धेश्य कृषि सहकारी संघले राखेको छ ।

कृषि तथा पशुपालन कार्यको लागि आवश्यक पर्ने मल, बिउ बिजन, कृषि औजार तथा तालिमको व्यवस्था गरि सदस्यहरुको जीवनस्तर उकास्नको आधुनिक तरिकाले उन्नत पशुपालन गर्न संघमा आवद्ध प्रारम्भिक सहकारी संस्था मार्फत समृद्धिको सपना पुरा गर्न आवश्यक सहयोग र सहजिकरणको प्रयास गरिने नवनिर्वाचित अध्यक्ष घिमिरेले बताएका छन । 

थप