मोटरसाईकल दुर्घटनामा बनेपा जनगालका हुमागाईको मृत्यु

  •   २ महिना अघि | २४ असोज २०८०, बुधबार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे/  बिपी राजमार्ग बनेपाबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ९६ प ९२६१ नम्बरको मोटरसाइकल रोशी गाउँपालिका–११ माम्दीस्थित दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।


जिल्ला प्रहरी कार्यालय काभ्रेको डिएस्पी राजकुमार श्रेष्ठका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक बनेपा नगरपालिका–१० जनागाल बस्ने अन्दाजी २५ वर्षीय सर्वेश्वर हुमागाई रहेको बताए । मोटरसाइकल अनियन्त्रित भई डिभाइडरमा ठोक्किएर नालीमा खसेको थियो । घाइते भएका हुमागाईलाई धुलिखेल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको डिएस्पी श्रेष्ठले जानकारी दिए ।

थप