काभ्रे । जिल्ला धुलिखेल न.पा. ९ काभ्रेभञ्ज्याङ चेक पोष्ट अगाडी नेपाल प्रहरी र ट्राफिक सहितको संयुक्त चेकिङमा अवैध रुपमा पुर्वको नाका हुदै भित्रिएको १००० किलो चिनि काभ्रे प्रहरीले बरामद गरेको छ। पुर्वको बिभिन्न स्थानबाट आएको बिभिन्न सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा ३३ वटा बोरामा पोका पारी अवैध रुपमा लुकाई छिपाई ल्याएको १० कुईन्टल (१००० के. जि. ) बराबरको चिनि बरामाद गरि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी राजकुमार श्रेष्ठले बताउनुभयो ।
पोका बनाएर काभ्रे भित्रियो अबैध चिनि
- १ महिना अघि | १६ कार्तिक २०८०, बिहिबार, एक्टिभ मिडिया संवाददाता
