जिरो किलोमा रुखमा तारले बाँधेर जलाइएको शव दोलखाका बिष्णु सुवेदीको भएको पुष्टि

  •   ४ हप्ता अघि | १ जेष्ठ २०८१, मङ्लबार,     मणिराम दाहाल

काभ्रे । काभ्रेमा रूखमा तारले बाँधेर जलाई हत्या गरिएका शवको पहिचान खुलेको छ । १० दिनदेखि वेपत्ता भएका दोलखाको भीमेश्वर नगरपालिका– २ रास्वापाका विष्णुप्रसाद सुवेदीको शव जलेको अवस्थामा फेला परेको हो ।

गत वैशाख २३ गते ललितपुरको टिकाथलीस्थित घरबाट दोलखा जाने भनेर निस्किएका सुवेदीको काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–४ जिरो किलो नजिकै जलेको अवस्थामा फेला परेको थियो । घटनाको प्रकृति अनुसार उनलाई हत्या गरेर रुखमा तारले बाँधी जलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो ।

शुक्रबार जिरो किलोस्थित मेलम्ची–जिरो किलो सडक खण्डबाट करिब ५० मिटर तल बिरोजे खोल्चा जंगलमा एक पुरुषको शव फेला परेको थियो । मुख र छातीमा फलामको तारले बेरेर रुखमा बाँधी प्रज्वलनशिल पदार्थ प्रयोग गरेर आगो लगाई जलेको अवस्थामा शव फेला परेको थियो । पहिचान गर्न नसकिने अवस्थाको सो शव सुवेदीको भएको परिवारले बताएका छन् ।

आज धुलिखेल अस्पतालमा गरिएको पोष्टमार्टमको आधारमा सो शवको पहिचान भएको हो । सुवेदीको तल्लो पट्टिको ६ वटा र माथिल्लो पट्टीको ३ वटा दाँत भरेको र पोष्टमार्टमको क्रममा शवको दाँतसमेत सोही प्रकृतिको फेला परेपछि शवको पहिचान भएको परिवारका सदस्यले बताएका छन् ।

थप