निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

बनेपामा र्‍यालीसहित एमालेका उम्मेदवारले गरे मनोनयन दर्ता

  •   ५ वर्ष अघि | १२ बैशाख २०७९, सोमवार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे : स्थानीय तहको निर्वाचनको लागि जिल्लामा चुनावी गतिविधि तिव्र रुपमा अघि बढेको छ । दलहरु उम्मेदवार छनोटसँगै मनोनयन दर्तामा व्यस्त भएका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा मनोनयन दर्ता कार्यक्रम सञ्चालन भइरहेका छन् । त्यस्तै जिल्लाको बनेपा नगरपालिकामा पनि स्थानीय तहका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

बाजा र र्‍यालीका साथ नगर परिक्रमा गर्दै उम्मेदवारहरुले मननोयन दर्ता गराएका हुन् । हर्ष, उमंग र जोशका साथ उम्मेदवारहरुले आज नगरको निर्वाचन अधिकृतको कार्यालयमै पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

नेकपा एमालेबाट नगर प्रमुखका लागि रत्नकुश रञ्जितकार, उप–प्रमुखका लागि बिमला सापकोटा दाहालसहित बनेपाका १४ वटै वडाका अध्यक्ष र वडा सदस्यले  मनोनयन दर्ता गराएका हुन् ।


थप