निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

अनेरास्ववियु केन्द्रीय सदस्य मा मनोनीत भए काभ्रेका उज्ज्वल न्यौपाने

  •   २ वर्ष अघि | १९ चैत्र २०८१, बुधबार,    

 काठमाडौ । विद्यार्थी राजनीतिमा लामो समयदेखि सक्रिय काभ्रे घर भएका काठमाडौं बसेर  विद्यार्थी राजनीतिमा तलिन उज्ज्वल  न्यौपानेलाई केन्द्रीय सदस्य मनोनीत गरिएको हो।

चैत्र ७ मा बसेको पदाधिकारी बैठको म्यान्डेट अनुसार उज्ज्वल न्यौपानेलाई अनेरास्ववियु केन्द्रीय सदस्य मनोनीत गरिएको अनेरास्ववियु अध्यक्ष समिक वडालले जानकारी दिनुभयो ।

आरआर क्याम्पसा २०७३ सालमा प्रत्यक्ष स्ववियु सदस्य भएका न्यौपाने ,अनेरास्ववियु काभ्रे काठमाडौ सम्पर्क कमिटीको उपाध्यक्ष पनि हुनुहुन्छ ।

उहाँ काभ्रे अनेरास्ववियु नमोबुद्ध नगर कमिटीको उपाध्यक्ष लगायत विभिन्न अखिलका कमिटीहरुमा आबद्ध हुनुहुन्छ ।

पार्टी कमिटी नेकपा एमाले नमोबुद्ध नगर कमिटी सदस्य समेत रहेका उज्ज्वल न्यौपानेले त्रिभुवन विश्वबिध्यालय बाट आम सञ्चार तथा पत्रकारिता मा स्नातकोत्तर गर्नुभएको छ।रत्न राज्य कलेज बाट अंग्रेजीमा स्नातक ,नेपाल ल क्याम्पस बाट कानुन मा स्नातक गरेका न्यौपाने सामाजिक अभियान्ता पनि हुन्।

थप