वृहत् कृषि महोत्सवमा ७० हजार सर्वसाधारणले अवलोकन गरेको अनुमान

  •   २ महिना अघि | ८ फाल्गुन २०८०, मङ्लबार,     एक्टिभ मिडिया संवाददाता

बनेपा–काभ्रेमा पहिलोपटक भव्यताका साथ आयोजना गरिएको काभ्रेपलान्चोक वृहत् कृषि महोत्सव सोमबारदेखि सकिएको छ । फागुन ४ गते शुक्रबारदेखि चार दिनसम्म महोत्सव सञ्चालन भयो । यो अवधीमा करिब ७० हजार सवर्सधारण नागरिकले महोत्सव अवलोकन गरेको अनुमान आयोजकले गरेका छन् ।

जिल्ला समन्वय समिती, जिल्लाका १३ वटै स्थानीय तह कृषि विकास कार्यालय, पशु सेवा कार्यालयले संयुक्तरुपमा महोत्सव आयोजना गरेका हुन् । महोत्सव मुल आयोजक समितिका सदस्य सचिव एवम् कृषि विकास कार्यालयका प्रमुख कुल प्रसाद दवाडीले महोत्सवमा दुई करोड रुपियाँ बराबरको ताजा तरकारी लगायतका कृषि उत्पादन बिक्री भएको जानकारी दिए ।

महोत्सवमा १५० वटा स्टल राखिएका थिए । “महोत्सव हुनुअघी कृषि महोत्सव पनि सम्भव छ भन्ने धेरैमा कौतुहलता भएपनी महोत्सवले गाउँस्तरमा उत्पादित रैथाने बाली, उपजहरुले स्थान पाएको खण्डमा बजारीकरण गर्न सकिने रहेछ भन्ने सकारात्मक सन्देश दिएको छ” दवाडीले बताए । 

उनले महोत्सवले किसानहरुलाई कृषिमा भित्रीएको प्रबिधिको बारेमा जानकारी प्रदान गर्नुको साथै कसरी कृषिमा प्रबिधिको प्रयोग गर्न सकिन्छ भन्ने सन्देश किसानहरूलाई दिएको पनि बताए ।

 महोत्सवमा कृषिलाई साहित्यसंग जोडेर बिभिन्न साहित्यिक रचना, कृषिलाई चित्रकलासंग जोडेर चित्रकला प्रतियोगिता समेत सन्चालन गरिएको थियो । महोत्सव अवलोकन गर्न आएका करिव तीन सय किसानसंग विभिन्न आठ वटा विषयमा अन्तरक्रिया समेत गरिएको थियो । 

महोत्सवमा अन्नबाली, दलहन, नगदेबाली, फलफुल, तरकारी, मसला बालीका साथै  दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पशुपंक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, मासुजन्य उत्पादन, मत्स्यजन्य परिकारहरु समेत प्रर्दशनीमा राखिएको थियो । महोत्सवको समापन कार्यक्रममा उत्कृष्ट सहकारी, समुह, कृषि फर्मलाई नगद दुई हजार रुपियाँका दरले सम्मान गरिएको थियो

थप