निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

एमालेको जागरण अभियान केन्द्र देखि वडा सम्म चैत १८ मा धुलिखेलमा जागरण सभा हुने

  •   २ वर्ष अघि | १५ चैत्र २०८१, शनिबार,     एक्टिभ मिडिया

 काभ्रे । नेपाल कम्युनिस्ट पार्टी एमाले काभ्रे जिल्ला कमिटीले यहीँ चैत १८ गते धुलिखेलमा जागरण सभा गर्ने भएको छ । 

संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा हुने जागरण सभामा सहभागी हुने एमालेले अनुरोध गरेको छ ।चैत १८ गते सरस्वती बजारमा हुने जागरण सभामा हजारौको उपस्थिती गराउने तयारी एमालेले गरिरहेको छ । 

नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेलले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा हुने जागरण सभामा सहभागी हुन काभ्रेली जनतालाई अनुरोध गर्नुभयो ।


उहाँले जागरण सभाको तयारीको लागि जनवर्गिय संगठन, पार्टीका पालिका कमिटीहरुले आन्तरिक तयारी गरेका छन् । काभ्रेमा एमालेको जरा अभियान अन्तरगत विभिन्न कार्यक्रम भएको र वडा अधिवेशनले नयाँ नेतृत्व चयन गरिरहेको छ ।

थप